जेलब्रेक घटना : कर्णालीका डीआईजी सापकोटा पनि गए डोल्पातर्फ
ratopati.com · Tue Nov 03 06:55:19 UTC 2026

सुर्खेत । शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी भागेको घटनाको अवस्था बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटा पनि डोल्पातर्फ लागेका छन् ।
उनी मंगलबार बिहानै वीरेन्द्रनगरबाट भेरी कोरिडोर हुँदै डोल्पातर्फ लागेका हुन् । १५ जनाको सुरक्षा ड्युटी हुँदा पनि ८ जना कैदीबन्दीले सुरुङ खनेर भाग्दा समेत चाल नपाइएपछि सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)