आज र भोलि 'भिटामिन ए' तथा जुकाको औषधि खुवाइँदै
nepalsamaya.com · Tue Nov 03 06:58:29 UTC 2026

काठमाडौं- राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण आज र भोलि सञ्चालन गरिदै छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण आज र भोली गर्न लागिएको हो। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)