युवा गुमाइरहेछौं कि भविष्य
annapurnapost.com · Tue Nov 03 07:04:14 UTC 2026

आफ्ना युवालाई यहाँ बसेर सपना देख्ने वातावरण कहिले दिने ? यसको उत्तर नेपालले दिनुपर्नेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा उभिएर केही समय वरिपरि हेर्ने हो भने नेपालको एउटा कथा देखिन्छ। हातमा राहदानी, काँधमा झोला र आँखामा भविष्यको सपना बोकेका युवा विदेशतर्फ उड्न तयार छन्। उनीहरूलाई बिदाइ गर्न आएका आमाबुवा, श्रीमान्– श्रीमती, छोराछोरी र आफन्तका आँखामा आशा र चिन्ताको मि श्रण देखिन्छ। कसैको अनुहारमा मुस्कान छ, कसैको आँखामा आँसु।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)