स्वदेशी फूल प्रवर्द्धन र नर्सरी व्यवसाय विकासमा सरकारको जोड : मन्त्री चौधरी
onlinekhabar.com · Tue Nov 03 07:06:43 UTC 2026

१७ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन् । उनले नर्सरी व्यवसायको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ आज काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिइन् । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउन र नेपाली फूलको बजार विस्तार गर्न एक्स्पोले सहयोग गर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)