भुवन केसीको अन्तर्वार्तामाथि सुस्मिताको प्रश्न : फिल्मको प्रचारमा व्यक्तिगत सम्बन्धको चर्चा किन ?
khabarhub.com · Tue Nov 03 07:11:56 UTC 2026

काठमाडौं – फिल्म रिलिज हुन लाग्दा कलाकारले दर्शकलाई आफ्नो फिल्मबारे जानकारी दिनु, कथावस्तु सुनाउनु र फिल्मप्रति उत्सुकता जगाउनु स्वाभाविक हो । तर फिल्मको प्रचारका लागि दिइने अन्तर्वार्तामा फिल्मभन्दा कलाकारको व्यक्तिगत जीवन, पुराना सम्बन्ध र पारिवारिक विवादले बढी चर्चा पाउन थालेपछि के त्यसलाई उचित मान्न सकिन्छ ? अभिनेत्री सुस्मिता यही प्रश्न लिएर सार्वजनिक रूपमा प्रस्तुत भएकी छन् ।
उनले अभिनेता भुवन केसीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले अहिले नेपाली फिल्म क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ । यद्यपि उनले भुवनको नाम लिएर प्रत्यक्ष आरोप लगाएकी छैनन्, उनको टिप्पणीको समय र सन्दर्भले भने भुवनको पछिल्लो अन्तर्वार्तासँग जोडेर चर्चा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)