पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
kendrabindu.com · Tue Nov 03 07:23:10 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जलि जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै बेला अख्तियारले मंगलबार उनीविरुद्ध नयाँ मुद्दा अघि बढाएको हो ।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टाका नाममा बिक्री गर्न अनुमति दिएको आरोपमा नेपाललाई प्रतिवादी बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)