माधव नेपालविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा
baahrakhari.com · Tue Nov 03 07:28:00 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध मंगलबार (असोज १७) पाँच सय पृष्ठको अभियोगपत्र पेस भएको हो ।
सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोप नेपालविरुद्ध लगाएको छ । अभियोगपत्रमा अहिले रुजु भइरहेको छ । सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ । अदालत स्रोतका अनुसार, मुद्दा दर्ता प्रक्रियामा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)