ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काका विवरण हेरफेर गर्ने तीनजना पक्राउ
annapurnapost.com · Tue Nov 03 07:24:05 UTC 2026

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-इजीपी) मा अनधिकृत पहुँच पुर्याएर विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा संलग्नता खुलेका तीनजनालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार उनीहरूले विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गर्ने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)