होटल रेस्टुरेन्टले प्रतिसिलिण्डर २७ सय तिर्नुपर्नेः ३०% दिन सरकारको निर्देशन, उद्योगी १०% मात्रै दिन तयार
clickmandu.com · Tue Nov 03 07:41:54 UTC 2026

काठमाडौं । अब होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनमा खपत हुने एलपी ग्यास सिलिण्डर प्रति सिलिण्डर २ हजार ७ सय रुपैयाँमा बिक्री हुने भएको छ । उद्योगीहरू आफूले बिक्री गर्ने कुल सिलिन्डरको १० प्रतिशतका दरले दैनिक ११ हजार ७ सय ३७ वटा सिलिण्डर परल मूल्य अर्थात् प्रति सिलिण्डर २ हजार ७ सय रुपैयाँमा व्यावसायिक प्रयोजनमा बिक्री गर्न तयार भएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले उद्योगीहरूलाई लागत मूल्य(परल मूल्य) को आधारमा व्यावसायिक प्रतिष्ठानहरूमा ग्यास बिक्री गर्न निर्देशन दिएका थिए । सरकारी निर्देशअनुसार उनीहरूले मासिक खपत हुने ग्यासको ३० प्रतिशत छुट्ट्याएर व्यावसायिक प्रतिष्ठानलाई बेच्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)