प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश गर्दैन : मुख्यमन्त्री थापा
nagariknews.nagariknetwork.com · Tue Nov 03 07:23:55 UTC 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पारेका छन्। उनले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिएर कार्यान्वयन गर्ने नीति प्रदेश सरकारले लिएको बताए।
जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री थापा मगरले व्यक्ति विशेषका योजनालाई प्राथमिकता दिँदा प्रदेशमा अत्यधिक टुक्रे योजनाको सङ्ख्या बढेको र त्यस्ता योजना सम्पन्न गर्नसमेत कठिनाइ भएको बताए। उनले भने, 'अब प्रदेश सरकारले व्यक्ति विशेषका योजना समावेश गर्दैन। स्थानीय तहबाट आएका योजनामा मात्र काम गर्छ। व्यक्ति विशेषका योजना समावेश गर्दा धेरै टुक्रे योजना बने। ती योजना पूरा गर्नै नसकिने अवस्था देखियो। प्रदेश सरकारले लगानी गरेको पनि नदेखिने अवस्था सिर्जना भयो।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)