अपिहिमाल आधार शिविर क्षेत्रमा तीनदिने महोत्सव
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ । दार्चुलाको अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ। अपिहिमाल गाउँपालिका–१ स्थित पिल्कन्द र अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना गरिएको सो महोत्सवमार्फत प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले महोत्सव केवल मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिमा मात्र सीमित नभई अपिहिमालको पहिचान विश्वसामु पुर्याउने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अभियान भएको बताए। महोत्सवमा सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता, योग, ध्यान र जलवायु परिवर्तनसम्बन्धी संवादलगायतका विविध कार्यक्रम समावेश गरिएका छन्। अपिहिमाल, कालीढुङ्गा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा तथा चमेलिया नदीको उद्गम स्थल यस क्षेत्रका मुख्य पर्यटकीय आकर्षणका रूपमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)