मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्री नेपाल मुछिएको जग्गा सट्टापट्टा भ्रष्टाचारमा ५९ विघा ९ कट्ठा जग्गा जफत गर्न माग (पूर्णपाठ)

baahrakhari.com · Tue Nov 03 08:21:00 UTC 2026

काठमाडौं । विराटनगरस्थित सार्वजनिक जग्गामा भएको भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालसँगै पूर्वमन्त्री डा. मीनेन्द्र रिजाललगायत तत्कालीन उच्च पदस्थ अधिकारी समेत मुछिएका छन् । अख्तियारले मंगलबार पेस गरेको भ्रष्टाचार मुद्दामा ५९ विघा ९ कट्ठा जग्गा जफत गर्न विशेष अदालतसमक्ष माग गरिएको छ ।

हदभन्दा बढी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा नेपाल, डा. रिजालसँगै पूर्वभूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव स्व. माधव घिमिरेको हकमा उनकी छोरी कमला घिमिरे, पूर्वसचिव छविराज पन्तलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, हुपेन्द्रमणि केसी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हरिराज पन्त, नुरपति कँडेल, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा, शाखा अधिकृत बलराम निरौलासहित ९७ जनालाई प्रतिवादी बनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)