व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
khabarhub.com · Tue Nov 03 08:23:43 UTC 2026

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् । तर, अरब नेतृत्वका राजनीतिक दलको समर्थनमा आधारित सरकार भने स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेतान्याहुले राम र जोइन्ट लिस्टको समर्थनमा बन्ने सरकार इजरायली जनताले नचाहेको दाबी गरेका छन् । आफ्नो पार्टी लिकुड सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्दै उनले आगामी सरकारको नेतृत्व गर्ने जनादेश आफूले पाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)