प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको अनुभूति सबैले गर्न थालेका छन्- आङ्देम्बे
setopati.com · Tue Nov 03 08:23:00 UTC 2026

नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको सबैले अनुभूति गर्न थालेको टिप्पणी गरेका छन्।
सभामुख डोलप्रसाद अर्याललाई मंगलबार भेटेर संसद बैठक आह्वान गर्न आग्रह गरेलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै आङ्देम्बेले भने, ‘विचौलियाको बिगबिगी भइरहेको छ, सवत्र आतंक छ, कर्मचारीहरूलाई कार्यस्थलबाट ल्याएर, प्रधानमन्त्री कार्यालय त झन् यातना गृहजस्तो भएको अनुभूति सबैले गर्न लागिराखेको बेलामा यो सबैको निकास संसद बैठकबाटै खोज्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)