रिजाल क्यानिङ प्रकरण : ४३ जनाको जग्गा जफत हुने, मृत्यु भएका ८ जना को-को ? (सूची)
nepalpress.com · Tue Nov 03 08:29:11 UTC 2026

काठमाडौं । हदबन्दी छुटको सरकारी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री गर्न दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मुख्य प्रतिवादीहरूविरुद्ध जनही ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना, कैद र बिगो असुलउपरको मागदाबी लिएको छ । फलफूल उद्योगका लागि हदबन्दी छुट पाएको विराटनगरस्थित ४ बिघा ५ कट्ठा ९ धुर बहुमूल्य जग्गा सर्तविपरीत सट्टापट्टा गर्न निर्णय गराएको आरोपमा तत्कालीन प्रधानमन्त्री नेपाल र मन्त्रिपरिषद् सामाजिक समितिका तत्कालीन संयोजक डा. रिजालविरुद्ध विशिष्ट पदाधिकारी भएको आधारमा भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)