मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपाल, मिनेन्द्र रिजालसहित ९७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड बिगो मागदाबी

setopati.com · Tue Nov 03 08:29:00 UTC 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको नाममा रहेको हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)