उमेरले ८३ वर्ष पुगिसक्दा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कमला कार्की
corporatenepal.com · Tue Nov 03 08:13:49 UTC 2026

काठमाडौं । उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । स्वास्थ्य स्वयंसेविकाका रूपमा तीन दशकभन्दा लामो समय बिताएकी उनी अहिले पनि आफ्नो समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र बालबालिकाको स्वास्थ्य सुरक्षाका अभियानमा सक्रिय छिन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १५, तुलसीधारा निवासी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेकी हुन् । आफ्नो क्षेत्रका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र पोलियो खोपबाट वञ्चित नहून् भन्ने उद्देश्यले आफू स्वयंसेवामा लागेको उनी बताउँछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)