मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, लोकेश, इमरान र आन्द्रेको अर्धशतक

kalakarmi.com · Tue Nov 03 08:38:40 UTC 2026

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलवार दिउँसो जारी खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनायो ।

विराटनगरका लागि लोकेश बम, इमरान शेख तथा आन्द्रे रेसलले अर्धशतकीय इनिङ खेलेर टिमका लागि सम्माजनजनक योगफल तयार पारेर । लोकेशले ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन बनाए । इमरानले ४५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५६ रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)