'भोटेकोशी–त्रिशूली प्रभावित क्षेत्रमा महामारीको खतरा छैन'
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ। स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको स्पष्ट पारेको छ।
मङ्गलबार सिंहदरबारमा बसेको संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेकाले स्थिति नियन्त्रणमा रहेको जानकारी दिएका हुन्। हाल १४ वटा होल्डिङ सेन्टरमार्फत २१ हजार ३ सय ९१ जनालाई र फिल्डमा आकस्मिक चिकित्सा टोलीमार्फत ९ हजार ५ सय ६४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)