अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
clickmandu.com · Tue Nov 03 09:08:00 UTC 2026

दार्चुला । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ सुरु हुँदैछ ।
अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपिहिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)