मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

clickmandu.com · Tue Nov 03 09:14:15 UTC 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल-चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको सेमिनारमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले सरकारको नेतृत्व गरिरहेकाहरूले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरहेको टिप्पणी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)