मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्ली प्रहरी मुख्यालयमा आफ्नै अधिकारीविरुद्ध प्रहरीको प्रदर्शन, आन्दोलनकारी एसीपी निलम्बित

bishowkhabar.com · Tue Nov 03 09:20:00 UTC 2026

काठमाडौं– दिल्ली प्रहरी मुख्यालय बाहिर सोमबार भएको विरोध प्रदर्शनको नेतृत्व गरेकी सहायक प्रहरी आयुक्त (एसीपी) मनस्वी वशिष्ठ निलम्बनमा परेकी छन् । दिल्ली प्रहरीले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार प्रदर्शनको नेतृत्व गरेको भन्दै वशिष्ठलाई निलम्बन गरिएको हो ।

हालै गान्धीनगरमा सरुवा गरिएपछि एसीपी वशिष्ठसहित दिल्ली प्रहरीका दर्जनौं अधिकारी सोमबार प्रहरी मुख्यालय बाहिर भेला भएका थिए । उनीहरू पूर्वी दिल्लीको शाहदरा क्षेत्रमा वकिलहरूसँग भएको पछिल्लो विवादबारे प्रहरी आयुक्त अनुराग कुमारसँग भेट गर्न चाहन्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)