तीव्र कूटनीतिक प्रयासका बाबजुद अमेरिकासँग सम्झौताको सम्भावना अझै टाढा रहेको इरानको भनाइ
clickmandu.com · Tue Nov 03 09:37:31 UTC 2026

एजेन्सी । पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र पारिए पनि इरान र अमेरिकाबीच तत्काल सम्झौता हुने सम्भावना अझै टाढा रहेको एक वरिष्ठ इरानी अधिकारीले बताएका छन् । अमेरिकामा मध्यावधि निर्वाचनपछि पुनः पूर्ण युद्ध सुरु हुन नदिने उद्देश्यका साथ वार्ताहरू भइरहेका बेला रोयटर्ससँग कुरा गर्दै ती इरानी अधिकारीले यस्तो टिप्पणी गरेका हुन् ।
यसैबीच अमेरिकी सेनाले इरानको रणनीतिक केशम टापुमा ‘रक्षात्मक’ हवाई आक्रमण गरेको जनाएको छ । एक अमेरिकी अधिकारीका अनुसार, अमेरिकी सम्पत्तिमाथि प्रहार गर्न प्रयोग गरिएका ‘सर्फेस–टु–एयर’ क्षेप्यास्त्रहरूलाई लक्षित गरी उक्त आक्रमण गरिएको थियो । अर्कोतर्फ, इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कर्प्स (आईआरजीसी) ले हर्मुज जलयोजकको पूर्वी आकाशमा अमेरिकाको एमक्यु–९ ड्रोन खसालिदिएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)