ईयू प्रतिबन्धको जवाफमा रुसी आयातमा कडाइ हुन सक्ने
ratopati.com · Tue Nov 03 09:38:30 UTC 2026

काठमाडाैँ । युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिक्रियास्वरूप रुसले केही युरोपेली वस्तुमा आयात शुल्क बढाउने वा तिनको आयातमा प्रतिबन्ध लगाउने सम्भावना रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ।
रुसी विदेश मन्त्रालयको आर्थिक सहयोग विभागका निर्देशक दिमित्री बिरिचेभस्कीले समाचार संस्था स्पुतनिकसँग कुरा गर्दै पश्चिमी प्रतिबन्धको जवाफ दिन रुसले लामो समयदेखि अन्तरनिकाय संयन्त्र कायम राखेको बताए। उक्त संयन्त्रले परिस्थितिअनुसार छिटो र उपयुक्त प्रतिकारात्मक उपाय अपनाउन सहयोग गर्ने उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)