मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

arthasansar.com · Tue Nov 03 09:39:26 UTC 2026

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबेँसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत (युके) पठाइदिने भन्दै ७ लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै ६ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै २ लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रकम लिएका थिए । विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)