एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान
kendrabindu.com · Tue Nov 03 09:50:18 UTC 2026

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी) काे भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणालीविषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन्।
यो साहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। जुन २०२६ को परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट विषयमा नेपालमै प्रथम र विश्वमा आठौँ स्थान हासिल गरेकी थिइन्। लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वस्तरीय स्थान हासिल गर्नु उनको निरन्तर मेहनत, अनुशासन र विषयमाथिको गहिरो पकडको प्रमाण हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)