मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

corporatenepal.com · Tue Nov 03 09:50:41 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपाल र पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । मोरङस्थित रिजाल एन्ड कम्पनीको नाममा ६० बिघा जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

नेपाल र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाख रुपियाँ बिगो माग गरिएको छ । अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजाल, तत्कालीन भूमि सुधार मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरे पनि प्रतिवादी छन्। यहाँ उनकी छोरी कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)