मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घुसको रकम व्यवस्थापन गर्न आफन्तलाई: कारबाट ३३ लाख रुपैयाँ बरामद, निमित्त प्रमुख प्रशासकीय अधिकृत पक्राउ

barnanmedia.com · Tue Nov 03 10:00:18 UTC 2026

मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। उनका आफन्त सवार विद्युतीय कारबाट ३३ लाख रुपैयाँ बरामद भएपछि घिमिरेलाई सोमबार कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।

सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा विद्युतीय कारलाई अख्तियारको टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर जाँच गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)