अन्तिम बलमा जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित
kendrabindu.com · Tue Nov 03 10:20:46 UTC 2026
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि सैफ हसनले ४८ बलमा ७१ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै, विशाल सुस्लिङले ३० बलमा ४३ रन र जेम्स नीशमले १५ बलमा २७ रन जोडेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)