काठमाडौं आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला
sutranews.com · Tue Nov 03 10:09:40 UTC 2026

काठमाडौं । नेपालका लागिनवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । दलेलाले नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)