मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोमाञ्चक खेलमा विराटनगर किङ दुई रनले विजयी

kalakarmi.com · Tue Nov 03 10:20:52 UTC 2026

काठमाडौं– कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएल को भरखरै सम्पन्न एउटा रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । अति नै प्रतिस्पर्धि उक्त खेलमा विराटनगरले जनकपुरलाई पराजित गर्दै प्लेअफको सम्भावना कायम राखेको हो ।

एनपीएलअन्तर्गत मंगलवार भएको खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)