मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

kendrabindu.com · Tue Nov 03 10:32:52 UTC 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)