मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुटबल मैदानमै ढलेका स्पेनिस खेलाडी जेसस डी मिगुएलको निधन

barnanmedia.com · Tue Nov 03 10:42:08 UTC 2026

काठमाडौं । स्पेनिस फुटबल क्लब सीडी टेनेरिफका स्ट्राइकर जेसस डी मिगुएलको ३० वर्षको उमेरमा निधन भएको छ। सोमबार स्पेनको दोस्रो डिभिजनअन्तर्गत एफसी एन्डोराविरुद्धको खेलका क्रममा विपक्षी टोलीका गोलकिपरसँग ठोक्किएर गम्भीर घाइते भएका उनको मंगलबार बिहान निधन भएको क्लबले पुष्टि गरेको हो।

सोमबार भएको खेलको अन्तिम समयमा एन्डोराका गोलकिपर जेसस ओवोनो बल रोक्ने क्रममा मैदानको मध्यभागसम्म पुगेका थिए। सोही क्रममा टेनेरिफका फरवार्ड डी मिगुएलसँग उनको तीव्र ठक्कर भएको थियो। गोलकिपरको घुँडाले डी मिगुएलको छातीमा प्रहार गरेपछि उनी मैदानमै ढलेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)