मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

kendrabindu.com · Tue Nov 03 10:48:54 UTC 2026

किएभ । दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणपछि देशका विभिन्न क्षेत्रमा आपत्कालीन विद्युत् कटौती गर्नुपरेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले रुसी आक्रमण अमेरिकी निर्वाचनकै दिन भएको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)