मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भेरी अस्पतालमा श्वासप्रश्वास र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु

gorkhapatraonline.com · Tue Nov 03 10:51:00 UTC 2026

नेपालगन्ज, कात्तिक १७ गते । पश्चिम नेपालका तीन प्रदेशका बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ ।

अस्पतालले मङ्गलबारदेखि उक्त तीन वटा विशेषज्ञ सेवा एकै पटक सञ्चालनमा ल्याएको हो । सेवा विस्तारसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या, गम्भीर अवस्थाका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी समस्याको पहिचान र उपचारका लागि बिरामीले भेरी अस्पतालबाटै विशेषज्ञ सेवा पाउने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)