मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फुर्केखोलामा पन्टुन पुल सञ्चालन गर्न १३ पालिका एकजुट

annapurnapost.com · Tue Nov 03 10:50:58 UTC 2026

धादिङ : भोटेकोशीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न जिल्लाका १३ वटै स्थानीय तह एकजुट भएका छन्।

फुर्केखोलामा अस्थायी पन्टुन पुल ल्याएर सञ्चालन गर्ने र त्यसका लागि लाग्ने खर्च सबै पालिकाले साझा रूपमा व्यवस्थापन गर्ने सहमति भएको छ। धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले पन्टुन पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। बैठकले यसका लागि चारबुँदे समझदारीसमेत गरेको छ। समझदारीअनुसार पुल ल्याउन, जडान गर्न र सञ्चालन गर्न आवश्यक खर्च अन्तरपालिका कार्यविधि बनाएर १३ वटै स्थानीय तहको सहमतिमा व्यवस्थापन गरिनेछ। पुल सञ्चालनका लागि आवश्यक अनुमति लिन सिँचाइ विभाग र बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन कार्यालयसँग समन्वय गरिने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)