विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त
gorkhapatraonline.com · Tue Nov 03 10:58:05 UTC 2026

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे क्षेत्रमा आज बिहान भएको विमान दुर्घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।
उक्त दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको तमिलनाडु राज्य, चेन्नई निवासी वसन्तकुमार बलरामुडुको निधनप्रति मन्त्रालयले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, दुर्घटनामा घाइते हुनु भएका न्युजिल्याण्डका नागरिक शैलेस किसन पटेललगायत हेलिकप्टरका पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। मन्त्रालयका अनुसार दिवंगत व्यक्तिको शव व्यवस्थापनको प्रक्रिया अघाइएको छ भने घाइतेहरूलाई काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा ल्याई उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)