पाथीभरामा एकै दिन १० हजारभन्दा बढीले गरे दर्शन
gorkhapatraonline.com · Tue Nov 03 11:00:19 UTC 2026

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकैदिन १० हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । मङ्गलबार एकैदिन १० हजार ६१६ जना भक्तजन पाथीभरा दर्शनका लागि पुगेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार यस वर्षकै सबैभन्दा बढी दर्शनार्थीले मङ्गलबार पाथीभरा दर्शन गरेका हुन् । केही दिनअघिसम्म सुनसान रहेको पाथीभरामा कात्तिक तेस्रो सातामा भक्तजनको चाप बढेसँगै दर्शनार्थीको सङ्ख्याले यस वर्षकै उच्च रेकर्ड कायम गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)