मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुखलाई भेटेर कांग्रेसले भन्यो- संसद्लाई लामो समय खाली राख्न हुँदैन

onlinekhabar.com · Tue Nov 03 11:14:00 UTC 2026

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन जतिसक्दो चाँडो बोलाउनुपर्नेमा विपक्षी दलहरू एकमत रहेको सन्देश सभामुख डोलप्रसाद अर्याल पुर्‍याएको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका थिए ।

सभामुखसँगको भेटपछि आङ्देम्बेले संसदलाई लामो समय खाली राख्न नहुने बताएका हुन् । ‘गम्भीर विषयहरू आएको र आएका विषयमा संसद् बाहिर छलफल गर्नभन्दा संसदमा छलफल हुनुपर्ने र यसका लागि छिटो संसद बैठक बोलाउनुपर्ने भनेर सभामुखलाई भनेको छु’, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)