परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपालले कोपमा सहभागिता जनाउने निर्णय
barnanmedia.com · Tue Nov 03 11:18:42 UTC 2026

सरकारले टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सो जानकारी दिएकी हुन्।
सरकारले परराष्ट्रमन्त्रीको नेतृत्वमा ६ देखि ८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डललाई उक्त सम्मेलनमा सहभागी हुन स्वीकृति प्रदान गरेको छ। पत्रकार सम्मेलनमा प्रधानमन्त्री किन सहभागी नहुने भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले परराष्ट्र मन्त्रालयले नै यसको नेतृत्व गरिरहेको र सम्भवतः परराष्ट्रमन्त्री नै जाने जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)