मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र फ्लप भएपछि दीपकराज गिरीले भने- ‘जिम्मेवारी आफैँ लिन्छु’

kendrabindu.com · Tue Nov 03 11:29:02 UTC 2026

काठमाडाैं । चलचित्र निर्माता, निर्देशक तथा अभिनेता दीपकराज गिरीले यस वर्षको दशैँमा प्रदर्शनमा आएको आफ्नो चलचित्र ‘छ माया छपक्कै २’ असफल भएपछि त्यसको जिम्मेवारी आफैँले लिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै गिरीले चलचित्र असफल हुनुका कारणबारे आत्मसमीक्षा गरेका छन्। उनले मतगणनाको उदाहरण दिँदै चलचित्रको नतिजा पनि स्पष्ट भइसकेको अवस्थामा असफलता स्वीकार गर्नुपर्ने बताएका छन्। जित्दा खुलेर उत्सव मनाउने तर हार्दा चुपचाप बस्ने प्रवृत्तिभन्दा हारलाई छाती खोलेर स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)