प्रमुख प्रशासकीय अधिकृत नियन्त्रणमा : पालिकाको काममा केही दिन समस्या
reportersnepal.com · Tue Nov 03 11:29:23 UTC 2026

ख्वप (भक्तपुर), १७ कात्तिक । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ ।
नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामोसमयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताए । नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)