लुम्बिनीमा विभिन्न आन्दोलनका घाइतेको उपचार कार्यविधि स्वीकृत, मन्त्रिपरिषद्का अरु निर्णय के-के ?
nepalpress.com · Tue Nov 03 11:30:15 UTC 2026

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन तथा जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि पारित गर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८२/८३ को ‘शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन’ समेत स्वीकृत गरेको छ। यस्तै, प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पारित गरिएको सरकारका प्रवक्ता एवम् सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)