Beyond the Boundary : सुदूरपश्चिको पुनरागमन, पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा
clickmandu.com · Tue Nov 03 11:46:01 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा (सोमबार) भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोज माथि जित निकालेको हो ।
यता आज (मंगलबार) भएको खेलमा विराटनगर किंग्सले जनकपुरमाथि जित निकालेको हो । आज नै हुने अर्काे खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा हालसम्म जित निकाल्न नसकेको पोखरा आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो यात्रा झनै सहज बनाउन चाहन्छ । यता लुम्बिनी प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको लुम्बिनीले दोस्रो खेलमा वर्षाको कारण खेल रोकिदा चितवन राइनोजसँग अंक बाडेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)