झापामा सुकुमबासीको गुनासो सुन्दै प्रतिभा, २ महिनाभित्र धनीपुर्जा बाँड्ने आश्वासन
nepalpress.com · Tue Nov 03 11:55:01 UTC 2026

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापा आएर भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या र गुनासो सुनेकी छन् ।
सोमबार र आज उनले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र समाधानका विषयमा छलफल गरिन् । आज बुद्धशान्ति गाउँपालिका-४ को सुकुम्बासी बस्तीमा पुगेकी मन्त्री रावलले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)