मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउदै त्रिभुवन विश्वविद्यालय

gorkhapatraonline.com · Tue Nov 03 12:01:16 UTC 2026

काठमाडौँ, कार्तिक १७ गते । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभाग बिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनी द्धारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्वारा जारी प्रमाणपत्र हुलाक सेवा मार्फत विद्यार्थीको फोन नं. सहितको पूर्ण ठेगानामा विद्यार्थी समक्ष पुर्‍याउने उल्लेख गरिएको छ । २२ बुँदामा समेटिएको उक्त सम्झौता पत्रमा शैक्षिक प्रमाणपत्र एवं अन्य कार्यालयीय पत्रहरुलाई व्यवस्थित गर्न विभागले हुलाक वस्तुलाई ट्रयाकिङ बारकोड सहित Postal Tracking System (PITS) मा दर्ता गरी सम्बन्धित गन्तव्य ठेगानासम्म पुर्‍याउने उल्लेख गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)