कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
ratopati.com · Tue Nov 03 12:07:34 UTC 2026

सुर्खेत। कर्णालीमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । जसमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्ने लगायतका निर्णय भएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने गरी एकीकृत कृषि प्रयोगशाला सुर्खेतलाई तोक्ने निर्णय भएको सरकारका प्रवक्ता कल्याणी खड्काले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)