मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियामा राष्ट्रपतिको पासपोर्ट विवरण चुहावटसम्बन्धी अनुसन्धान सुरु

bishowkhabar.com · Tue Nov 03 12:09:07 UTC 2026

काठमाडौं– दक्षिण कोरियाले राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ । विदेश मन्त्रालयले मङ्गलबार चुहावटको स्रोत र त्यसमा संलग्न व्यक्तिबारे पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग काम गरिरहेको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ली र उनकी पत्नीको जन्ममिति, पासपोर्ट नम्बर तथा राष्ट्रपतिको विदेश भ्रमणमा सहभागी वरिष्ठ अधिकारीका व्यक्तिगत विवरण समेटिएको कम्प्युटर फाइल गत जुनमा एउटा वेबसाइटमा अपलोड गरिएको थियो । राष्ट्रपतिको युरोप भ्रमणअघि उक्त फाइल मालवेयर परीक्षण गर्ने प्लेटफर्म ‘भाइरस टोटल’ मा राखिएको र करिब पाँच महिनासम्म पहुँचयोग्य रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)