मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुबाट पहिलो पटक अन्य जिल्लाका नागरिकलाई प्रतिलिपि नागरिकता

gorkhapatraonline.com · Tue Nov 03 12:06:55 UTC 2026

मुगु, कात्तिक १७ गते । नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ को नियम १६ (घ) मा अन्य जिल्लाबाट नागरिकताको प्रतिलिपि जारी गर्न सकिने व्यवस्था भएबमोजिम मुगुबाट पहिलो पटक छिमेकी जिल्ला जुम्लाका प्रकास बुढालाई प्रतिलिपि नागरिकता जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेका अनुसार जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–४ का प्रकाश बुढालाई जिल्लाबाट पहिलो पटक नागरिकताको प्रतिलिपि जारी गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)