लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत
nagariknews.nagariknetwork.com · Tue Nov 03 12:18:50 UTC 2026

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार बैठकले प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)